समाचार

साझा बसको चालकमा हिम्मतवाली महिला, धेरै महिलाहरुको लागि उदाहरण बनिन् रेबिका !भिडियो

काठमाडौ । बुटवलकी रेविका थापाले काठमाडौंको ब्यस्त सडकमा साझा बस चलाएर आफनो हिम्मत देखाएकी छिन ।उनले सुरुवातमा टेम्पो देखि सानो थुपै गाडीबाट काम सुरु गरी अहिले साझा बस चलाउन थालेकी हुन । उनले निकै ठुलो साहसको साथ हाल स्यम्भु देखि रत्नपार्क हुँदै धुलिखेल सम्म साझा बस चलाइरहेकी छिन ।त्यसैगरी उनले काठमाडौंको अस्तब्यस्त सडकमा सवारी हाक्ने म मात्र एक हिम्मतवाली ड्राइभर भएको साथै साहस लिएर काम गरेमा पुरुषभन्दा महिला पनि केही काममा कम नभएको ,चाहनुपर्यो जे पनि गर्न सक्ने बताएकी छिन ।साथै उनले विदेश गएर विभिन्न दुख पिडा खेपेर ३० हजार कमाउनु भन्दा यही आफनो घरपरिवारसगँ बसेर यो काम गरी ,विदेश जाने हरुले जस्तै पैसा कमाउन उनको लागी निकै राम्रो भएको बताइन ।

उनले भनिन मैले यो काम गरेको ४ वर्ष भयो आनन्दै छ ,कसैले पनि केही भन्दैनन,साथै सबैको छेउमा एक उदाहरणको पात्र भएको समेत बताएकी छिन ।साथै उनी अहिले जताततै भाइरल भएकी छिन किनभने यत्रो पुरुषहरुले राज गरेको पेसामा आज उनी एक प्रेरणाको स्रोत भएकी छिन ।यसबाट थाहा हुन्छ की आटी मान्छेलाइ बाघले पनि खादैन भन्ने कुरा ।हेर्नुस उहासगँको कुराकानी

Related Articles